महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२

परिचय

सुदूरपश्चिम प्रदेश अन्तर्गत सञ्चालित पथरैया तथा मोहना सिंचाइ प्रणालीहरूको प्रभावकारी व्यवस्थापन, सञ्चालन तथा सम्वर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७५ सालमा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयको स्थापना गरिएको हो। पथरैया मोहना सिंचाइ व्यवस्थापन कार्यालयले सहभागितामूलक सिंचाइ व्यवस्थापन (Participatory Irrigation Management - PIM) को सिद्धान्तअनुसार नहरहरूको नियमित मर्मत-सम्भार, आवश्यक संरचनाहरूको निर्माण, नहर सञ्चालन तालिका (canal operation schedule) को तयारी तथा नहर व्यवस्थापनसम्बन्धी विविध कार्यहरू सञ्चालन गर्दै आइरहेको छ । यस कार्यालयले सञ्चालन गर्ने सम्पूर्ण कार्यहरूमा जल उपभोक्ता समितिहरूको सक्रिय सहभागिता र समन्वयमा आधारित रहँदै आएको छ।